हाम्रो बारे

मुलुक संघीय संरचनामा प्रवेश गरे पश्चात मुलुकमा संघ, प्रदेश र स्थानीय गरी ३ (तीन) तहका सरकार सञ्चालनमा आएका छन् । वि सं २०७४ फागुण ३ मा लुम्बिनी प्रदेशमा प्रदेश सरकार स्थापना हुँदाका समयमा गठन भएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट कार्य सञ्चालन हुँदै आएकोमा प्रदेश सरकार (मन्त्रिपरिषद्)बाट मिति २०७८/०५/१३ मा प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०७८ मा भएको हेरफेर अनुसार मन्त्रालयहरुको पुनर्गठन तथा पुनर्संरचना भई उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्रालयको स्थापना भएको हो । यस मन्त्रालयको मुख्य कार्यक्षेत्रमा स्वरोजगारका लागि उद्यमशिलता विकास; औद्योगिक प्रवर्द्धन र नियमन; वाणिज्य तथा आपुर्ति; खानी तथा खनिज पदार्थ अन्वेषण, उपभोक्ता हक अधिकार संरक्षण आदि रहेका छन् । यस मन्त्रालय अन्तर्गत उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय र १२ (बाह्र) वटा घरेलु तथा साना उद्योग कार्यालयहरु रहेका छन् ।

कार्यक्रम
नीति तथा नियमहरु