दीर्घकालिन सोचः

उद्योग, वाणिज्य तथा पर्यटन क्षेत्रको विकास तथा प्रवर्धन र दिगो व्यवस्थापन बाट समावेशी सम्बृद्धि हासिल गर्दै × समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश " प्रादेशिक लक्ष्य पूरा गर्न योगदान पुर्याउने ।

उद्देश्यः

  • उद्योग क्षेत्रको उत्पादन वृद्धि गरी कुल ग्राहस्थ उत्पादनमा योगदान बढाउनु ,
  • उद्योगको विकास र प्रवर्धनका लागि लगानी मैत्री वातावरण सिर्जना गर्नु ,
  • औद्योगिक बस्तुहरुको निर्यात वृद्धि गरी व्यापार घाटामा कमी ल्याउनु ,
  • रोजगारको संख्या र गुणस्तरमा अभिवृद्धि गर्नु ,
  • आन्तरिक व्यापार प्रवर्द्धन गर्दै स्थानीय कच्चापदार्थ र सिप बढी प्रयोग हुने बस्तुको निकासी प्रवर्द्धन मार्फत प्राप्‍त हुने लाभलाइ स्थानीय तहसम्म विस्तार गर्नु ,
  • तुलनात्मक लाभका वस्तु तथा सेवाको मूल्य र गुणस्तरलाई प्रतिस्पर्धी बनाइ व्यापार घाटा कम गर्नु ,
  • उपभोक्ताको हक हित संरक्षण गर्दै दैनिक उपभोग्य वस्तु तथा सेवा नियमित र सहज रुपमा आपूर्ति हुने व्यवस्था मिलाउनु ।